प्युठान जिल्लाकाे संक्षिप्त परिचय
प्यूठान जिल्ला नेपालको लुम्विनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको सिमानामा पूर्वमा गुल्मी, पश्चिममा दाङ र रोल्पा, उत्तरमा रोल्पा र वाग्लुङ तथा दक्षिणमा दाङ र अर्घाखाँची जिल्लाहरु पर्दछन् । ८२°.३६” देखि ८०°.३६” पूर्वी देशान्तर र २७°.५५” देखि २८°.२५” उत्तरी अक्षांशको बीचमा फैलिएको यस जिल्ला उत्तर दक्षिण लम्बिदै र पूर्व पश्चिम सांगुरो बन्दै गएको देखिन्छ । समुद्री सतहबाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित यस जिल्लाको क्षेत्रफल १३६५ वर्ग किलोमिटर छ ।
थप पढ्नुहोस्